एसीसी इस्टन रिजन टी–२० क्रिकेट : नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित « Khabarhub

एसीसी इस्टन रिजन टी–२० क्रिकेट : नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले कीर्तिमानी जीत हात पारेको छ ।

बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई ३३ बलमा ९ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

 टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।

६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।

नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३६ रन प्रहार गरे ।

पवन शरार्फले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाउँदा नेपालले फराकिलो जीत हात पारेको हो ।

यस्तै, ओपनर पारस खड्का ९ रनमा आउट भएका थिए । उनलाई थाइल्यान्डका नोफेन सानामोन्टीले आउट गरेका थिए ।

यसअघि टस जीतेर ब्याटिङ गरेको थाइल्यान्डले ६६ रन बनाउने क्रममा हेनन जोर्डन र फिरियापुङ सुनचाईले समान १३–१३ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए ।

थाइल्यान्डबिरुद्ध नेपालका बलरले १७ रन ‘एक्स्ट्रा’ खर्चेका थिए । थाइल्यान्डविरुद्धको खेलमा नेपालले अहिलेसम्मकै छोटो समयमा लक्ष्य पूरा गर्दै किर्तिमानी बनाएको हो ।

इस्टन रिजनमा यसअघिका दुई खेलमा लगातार पराजित भएको नेपालले तेस्रो खेलमा लय देखाए पनि शीर्ष दोस्रो उक्लिने सम्भावना भने अझै कमजोर छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : २१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित