‘प्रधानमन्त्रीलाई सुताएर अप्रेसन थिएटर लगियो, बिदाइको संकेत गर्नुभयो तर बोल्नुभएन’ « Khabarhub

‘प्रधानमन्त्रीलाई सुताएर अप्रेसन थिएटर लगियो, बिदाइको संकेत गर्नुभयो तर बोल्नुभएन’


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अपरेसन थिएटर लगिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई भेटेपनि नबोलेको तर बिदाईको संकेत गरेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीलाई १० बजेको समयमा अप्रेसन कक्ष लगियो । उहाँलाई सुताएर अपरेसन थिएटर लगियो । उहाँले बिदाईको संकेत गर्नुभयो । तर, बोल्नुभएन ।’

प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गरेर देश र जनतासमक्ष राम्रो सन्देश दिएको बताइन् ।

उनले भनिन्, ‘अब नेपालमै पनि ठूला रोगको उपचार सम्भव छ भन्ने सन्देश प्रधानमन्त्रीले दिनुभएको छ । यसले जनतामा उत्साह छाएको छ । चिकित्सकहरुको पनि मनोबल बढेको छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : २६ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६