अब प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चार वटा मिर्गौला ! « Khabarhub

अब प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चार वटा मिर्गौला !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको लागि अप्रेशन जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङमा प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण भइरहेको हो ।

विहान १० बजे प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा लगिएको थियो । ओलीलाई नातामा भान्जी पर्ने समिक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिनेछिन् ।

चिकित्सकहरुका अनुसार मिर्गौला दिने र लिने दुबैको एकैसाथ अप्रेसन हुन्छ ।

डा अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहेको जानकारी दिए । ‘ट्रान्स प्लान्टमा दुईवटा टीम हुन्छ । एउटा टिमले डोनरको किड्नी निकाल्छ साइडबाइ साइड काम हुन्छ’ डा सायमीले भने ।

बाह्र वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला हुनेछ ।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार आजको प्रत्यारोपणपछि चारवटा हुनेछन्।

“फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भने।

“वहाँका आफ्नै दुईटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”

प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकहरुलाई उद्धृत गर्दै बताए अनुसार ४ बजेसम्ममा प्रधानमन्त्रीको शल्यक्रिया सकिने छ ।

अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : २७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि