‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन अवतार « Khabarhub

‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन अवतार


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सविन श्रेष्ठ र रेखा थापालाई एक्सन अवतारमा उतार्दै फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

यो फिल्ममा प्रेमकथाका साथै एक्सन पनि देख्न सकिन्छ । ट्रेलरमा रेखा थापा र सविन श्रेष्ठलाई प्रेमका साथै एक्सन भूमिकामा पनि देखाइएको छ ।

लामो समयदेखि रिलिज हुन नसकेको यो फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा दिल श्रेष्ठको पनि शीर्ष भूमिका छ ।

ध्रुवतारा फिल्मस र ओम शिव फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई भीम न्यौपाने र धु्रव न्यौपानेले निर्माण गरेका हुन् ।

यो फिल्म वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने भनिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा, पटकथा र संवादका साथ मदन कश्यप न्यौपानेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ५० बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा