अरु कुनै समस्या नदेखिए प्रधानमन्त्रीलाई भोलि बिहान ‘कालो चिया’ दिइने « Khabarhub

अरु कुनै समस्या नदेखिए प्रधानमन्त्रीलाई भोलि बिहान ‘कालो चिया’ दिइने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएको छ । प्रधानमन्त्रीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल पदार्थ अर्थात कालो चिया दिइनेछ।

चिकित्सकले खबरहबलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भयो भने ५-६ दिनमा डिस्चार्ज गर्न सकिनेछ । प्रधानमन्त्रीले अहिले पूर्ण होसमा आइसक्नुभएको उनले बताए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सकिएको १५ मिनेट पछि प्रधानमन्त्रीलाई आधा लिटर पिसाव समेत भएको चिकित्सकहरुले बताएका छन् ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ४७ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि