लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण आवश्यकः मुख्यमन्त्री राउत | Khabarhub Khabarhub

लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण आवश्यकः मुख्यमन्त्री राउत


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् ।

सहज परियोजनाद्वारा आयोजित ‘समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले लैङ्गिक हिंसाको अन्त्यका लागि सभा गोष्ठीभन्दा सतहमा पुगेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

समाजिक कुरीतिका साथै लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत बनाउन सुझाव दिए ।

लैङ्गिक हिंसा अन्त्य गर्न प्रदेश सरकार गम्भीर रहेको दृढता प्रकट गर्दै उहाँले सानै उमेरदेखि छोरीलाई बलियो बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै प्रदेशको सरकारी सेवामा महिलालाई ५० प्रतिशत आरक्षण दिएको उल्लेख गरे ।

सो परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसाको अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमका सम्बन्धमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका