लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण आवश्यकः मुख्यमन्त्री राउत « Khabarhub

लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण आवश्यकः मुख्यमन्त्री राउत


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् ।

सहज परियोजनाद्वारा आयोजित ‘समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले लैङ्गिक हिंसाको अन्त्यका लागि सभा गोष्ठीभन्दा सतहमा पुगेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

समाजिक कुरीतिका साथै लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत बनाउन सुझाव दिए ।

लैङ्गिक हिंसा अन्त्य गर्न प्रदेश सरकार गम्भीर रहेको दृढता प्रकट गर्दै उहाँले सानै उमेरदेखि छोरीलाई बलियो बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै प्रदेशको सरकारी सेवामा महिलालाई ५० प्रतिशत आरक्षण दिएको उल्लेख गरे ।

सो परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसाको अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमका सम्बन्धमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २९ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार