कपिलवस्तुमा भीषण आगलागी, ४२ घर रहेको पूरै बस्ती सखाप « Khabarhub

कपिलवस्तुमा भीषण आगलागी, ४२ घर रहेको पूरै बस्ती सखाप


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा भीषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ ।

गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरू भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो ।

आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् ।

अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ ।

अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो ।

आगलागीपछि पूरै गाउँ सखाप भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ । सुख्खा मौसम सुरु भएसँगै तराई मधेसका क्षेत्रमा बर्षेनी आगलागीका घटना बढ्ने गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले