‘मास्क लगाउने सुझाव मेरा लागि होइन’ « Khabarhub

‘मास्क लगाउने सुझाव मेरा लागि होइन’


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन् ।

उनी कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा मास्कबिनै प्रस्तुत भएका थिए ।

आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म नगरेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको बताएका छन् ।

‘तपाईंहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्नेछु,’ ट्रम्पले भने, ‘ मास्क लगाउने सुझावहरु मेरा लागि हैनन् ।’

 

 

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ४० बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको