काठमाडौं बाहिरका मजदुरलाई पनि राहत दिन सरकारसंग नेकपा नेता साहको माग « Khabarhub

काठमाडौं बाहिरका मजदुरलाई पनि राहत दिन सरकारसंग नेकपा नेता साहको माग


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले काठमाडौ बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।

लकडाउनको समयमा काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्रको स्थानीयलाई मात्र राहत उपलब्ध गराउने बताएपछी मजदुरी गरेर जीवन बिताउने लाखौं देशवासी भोकै मर्ने परिस्थिति आउन सक्ने बताउदै नेता साहले तत्काल राहत प्याकेज ल्याउन माग गरेका हुन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले महानगरको विभेदकारी नीतिप्रति दुख व्यक्त गर्दै संकटको घडीमा महानगर गैरजिम्मेवार भएको बताएका छन् ।

नेता साहले भने, “कोरोना भाइरसको महामारी रोक्न कुनै निश्चित क्षेत्र वा पात्रको नभई सिंगो मुलुककै भुमिका आ-आफ्नो ठाउँमा बराबर छ । लकडाउनलाई सफल बनाउन हर कोही आफ्नो ठाउँमा घरमा बसेर सरकारलाई सघाईरहेका छन् । यस्तोमा काठमाडौंमा लाखौ यस्ता नागरिक छन् जो काठमाडौंबाहिरबाट आएका र दैनिक मजदुरी गरेर जीवन चलाउछ्न । तर लकडाउनका कारण डेरामा बस्न बाध्य उनीहरुले काम नगर्दा भोकै बस्नुपर्ने स्थिति आएको हो ।”

“काठमाडौं महानगरले बाहिरबाट आएका नागरिकलाई राहत उपलब्ध नगराउने कदमले उनीहरु झन मर्कामा परेका छन् । काम गरेर महानगरको अर्थतन्त्रमा बल पुर्याउने ती मजदुरहरुलाई विपद्को घडीमा महानगरपालिकाले बेघर गरेको देख्दा दुख लागेको छ ।” नेता साहले भने, “यस्तोमा कसैलाई पनि भोकका कारण मर्न नदिन सरकारले अविलम्ब राहतको व्यवस्था गर्न माग गर्दछु । हरेक नागरिकको ज्यानको रक्षा गर्ने आफ्नो कर्तव्यको पालना गर्दै सरकारले ती मजदुर तथा अभावमा रहेका डेरावाल विद्यार्थी, गृहिणी, मजदुरलगायतका सबैलाई राहत उपलब्ध गराउन माग गर्दछु ।”

नेता साहले विपदमा स्थानीय, प्रदेश र संघीय सरकारले नागरिकबीच कुनै किसिमको विभेद नगरी सहायता गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ५८ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने