लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ « Khabarhub

लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिइ पेट्रोल, डिजेललगायतका  सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ५३ बजे

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं – स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग

 पासो थापेर वन्यजन्तुको चोरीसिकार

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश