कोरोना भाइरस संक्रमित मुस्लिम व्यक्तिको शव जलाइएको भन्दै श्रीलंकामा विवाद | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमित मुस्लिम व्यक्तिको शव जलाइएको भन्दै श्रीलंकामा विवाद


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका- महामारी बनिसकेको कोरोना भाइरस (कोभिड -१९) ले हरेक दिन सयौंको संख्यामा मानिसहरुको ज्यान लिइरहेको छ भने हरेक दिन संक्रमितको संख्या पनि बढिरहेको छ ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको अन्तिम संस्कार पनि चुनौतीपूर्ण बन्दै गएको छ ।

यो समस्या कुनै एक देशको होइन । यो समस्यासँग विश्वका कयौं देशहरु जुधिरहेका छन् । त्यो चाहे श्रीलंका होस् या इटाली ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । यस्तोमा यदी कुनै संक्रमित भएर अस्पतालमा रहेसम्म आफ्ना कोही नातेदार वा चिनजानका व्यक्तिसँग भेट गर्न सक्दैनन् ।

यस्ता केही प्रकरणहरु आएका छन् जसमा संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । यस्तो अवस्थामा न त बिरामीलाई आफन्त र परिवारका सदस्यले भेट्न नै पाएका छन् न त बिरामीले लै आफन्तलाई अन्तिम अवस्थामा भेट्न वा देख्न पाएका छन् । अझ त्यसरी ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारमा समेत मानिसहरु सहभागी हुन पाएका छैनन् ।

कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्युपछि शवलाई गाड्ने वा जलाउने भन्ने विषयमा विवाद छ । अहिलेसम्म मृत्युपछि शवलाई जलाउने वा गाड्ने भन्ने प्रकृया धर्मका आधारमा हुने गरेको थियो ।

श्रीलंकामा कोरोना भाइरसका कारण मृत्यु भएका एक मुस्लिम व्यक्तिको शवको अन्त्यष्टिका विषयमा विवाद भएको छ ।

श्रीलंकामा अहिलेसम्म कोरोना भाइरस संक्रमणको १५९ घटना सार्वजनिक भएका छन् । देशमा कोरोनाका कारण कम्तिमा पनि पाँच जनाको मृत्यु भइसकेको छ ।

श्रीलंकाको पश्चिमी तटको नजिक रहेको नेगोम्बो शहरमा एक व्यक्तिको अन्तिम संस्कार इस्लामीक रीति रिवाजबाट हटाएर गरिएको थियो ।
श्रीलंकाको मुस्लिम कांग्रेसका नेता रउफ हकीमले यस बारेमा फेसबुकमा एक पोस्ट गरेका छन् ।

उनले यो निकै खेदजनक कुरा भएको उल्लेख गरेका छन् । त्यस व्यक्तिको अन्तिम संस्कारका लागि उसको धार्मिक मान्यता अनुरुप गाड्ने अनुमति प्राप्त भएको थिएन ।

उनले लेखेका थिए,’यो निकै दुर्भाग्यपूर्ण, खेदजनक तथा निन्दनीय छ कि कोभिड १९ को कारण नेगोम्बोमा जुन व्यक्तिको मृत्यु भयो उनको अन्तिम संस्कारमा गाड्ने अनुमति प्राप्त भएन । हाम्रो मान्यताको विपरित अन्त्यष्टि गरियो । आफ्नो तर्फबाट गर्न सकिनेजति हामीले गर्ने प्रयास गरेका थियौं। हतारमा गरिएको अन्तिम संस्कारलाई रोक्न सकियोस् भनेर । यसका लागि हामीले उच्च राजनीतिक नेतृत्व तथा स्वास्थ्य विभागसँग सम्बन्धित व्यक्तिको सहायता पनि लियौं । हामी अन्तिम समयसम्म अधिकारीहरुलाई सम्झाउने प्रयासमा लागिरहेका थियौं । नेगोंबोमा शवलाई गाड्ने विकल्पमा पनि छलफल गरिएको थियो । तर हामीलाई भनियो कि यदी जमिनमा दस फिट गहिराईमा शवलाई गाड्ने कोशिश गरियो भने त्यो सम्भव हुने छैन किनकी पानीको स्तर निकै माथि छ र सम्भावना रहन्छ कि पानी शव गाडिएको स्थानमा जानेछ ।’

उनले अगाडि लेखेका छन्, यसपछि कोलम्बोको मालीगावते कब्रगाहमा गाड्ने बारेमा सोच बनाइएको थियो तर शवलाई लिएर जाने अनुरोधलाई जेएमओले खारेज गरिदियो ।

रउफले आफ्नो पोस्टमा अन्तिम संस्कारमा हडबडी गरिएको र पारिवारिक सदस्यको भावलाको अवहेलना गरेको आरोप लगाएका छन् ।
रउफको यो पोस्टलाई लिएर अधिकांश मानिसले आपत्ति जनाएका छन् ।

मानिसहरुले कमेन्टमा लेखेका छन् कि धार्मिक भावनालाइृ त्यस समय किनारामा राख्नु पर्छ अहिले मानिसको सुरक्षाका विषयमा चिन्ता लिन आवश्यक छ ।

केही मानिसले भने कोरोना भाइरसको संक्रमणलाई मुस्लिमको अन्तिम संस्कारको तरिकालाई परिवर्तन गरेर फैलनबाट रोक्न नसकिने बताएका छन् । यसकारण जरुरी छ कि सबै खालका धार्मिक आयोजना, प्रसाद बाड्ने प्रक्रिया, जल छर्कने लगायका सबै अनुष्ठानलाई बन्द गर्नुपर्छ ।

कोरोना भाइरसको संक्रमणसँग विश्वका अधिकांश देशहरु लडिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमण रोक्ने सबैभन्दा राम्रो तरिका सामाजिक सम्बन्धबाट टाँढा रहनु भएको बताएको छ । विश्व स्वास्थ्य संगठनले धेरै भन्दा धेरै परीक्षण गर्न पनि सुझाव दिएको छ ।

विश्व स्वास्थय संगठनले कोरोना भाइरस संक्रमणबाट मरेका मानिसको पार्थिव शरीलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि गाइडलाइन्स जारी गरेको छ ।

शवलाई लिएर गाइडलाइन्स

मुर्दाघरका कर्मचारी या स्वास्थ्यकमीले नै संक्रमितको मृत्यु भएपछि शवलाई सम्हानेछन् ।

शवमा केमिकल लगाउने अनुमति दिन सकिदैन किनकी मृत शरीका साथ सम्पर्कबाट बच्न अनिवार्य छ ।

शवको अन्त्यष्टी कसरी गर्ने ?

यो कुरालाई पूर्ण रुपमा सुनिश्चित गर्न जरुरी छ कि कुनै प्रान्त या देशमा शवलाई लैजाने र अन्तिम संस्कारको लागि तयार गर्ने सबै दिशानिर्देशको पालन भएको हुनेछ ।

शवलाई छुने र चुम्मे लगायतको कार्यबाट बच्नु पर्नेछ ।

जो मानिस शवलाई गाड्ने वा जलाउने काममा सहभागी भएका छन् उनीहरुले अन्त्येष्टीपछि राम्रोसँग साबुन पानीले आफूलाई सफा गर्ने, विशेषगरि हातलाई ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ३६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको