सरकारद्वारा लकडाउनमा थप कडाइ- एक स्थानीय तहबाट अर्कोमा जान नपाइने « Khabarhub

सरकारद्वारा लकडाउनमा थप कडाइ- एक स्थानीय तहबाट अर्कोमा जान नपाइने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ ।

शनिबार(आज) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । यसको लागि प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।

यस्तै सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उनले र्यापिड टेस्ट किटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुन पिसिआर टेस्ट गर्ने निर्णय भएको पनि जानकारी दिए । आजै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्री खतिवडाले लकडाउन बढाउने विषयमा कुनै निर्णय भने नभएको जानकारी दिए । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०३ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने