काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा गएको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।
एकैदिन दुई जनाको मृत्यु भएसँगै अष्ट्रेलियमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । अष्ट्रेलियामा एकैदिन २० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८०१ पुगेको छ ।
अष्ट्रेलियामा संक्रमितमध्ये ५ हजार ८१७ जना उपचारपछि निको भएका छन् । २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया