तीन दशकअघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड « Khabarhub

तीन दशकअघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसका कारण विश्वका थुप्रै देशहरुमा लकडाउन रहेको छ । छिमेकी राष्ट्र भारतमा पनि लकडाउन जारी छ ।

भारतको टेलिभिजन च्यानल दुरदर्शनमा रामानन्द सागरको धारावाहिक टेलिश्रृंखला रामायण पुन प्रसारण गरिएको छ । यस शोले विश्व रेकर्ड बनाउन सफल भएको छ ।

सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल दुरदर्शनमा प्रशारण भएको ‘रामायण ‘ टेलिश्रृंखलाले विश्व कीर्तिमान कायम गरेको हफ । तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो।

राष्ट्रिय च्यानलको आधिकारिक ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीटका अनुसार रामायणको पुन प्रसारणले विश्वभरमा धेरै दर्शकले हेर्ने शोको रेकर्ड राख्न सफल भएको हो ।

भारतमा लकडाउनको कारण कुनैपनि टेलिभिजन सिरियल प्रशारण हुन सकेको छैन किनभने सबैको छायांकन रोकिएको छ ।

यो भारतको मात्र हैन, पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो।

रामायणले १६ अप्रिलमा ७.७ करोड दर्शकले विश्भर हेर्दै सर्वाधिक हेरिएको शो बनेको हो । रामायणमा मुख्य भूमिकामा देखिएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरी पुन चर्चामा आएका छन् ।

निर्देशक रामानन्द सागरले बनाएको रामायणले कीर्तिमान रचेको यो पहिलो पटक भने होइन। यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ०५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको