तीन दशकअघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड « Khabarhub

तीन दशकअघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसका कारण विश्वका थुप्रै देशहरुमा लकडाउन रहेको छ । छिमेकी राष्ट्र भारतमा पनि लकडाउन जारी छ ।

भारतको टेलिभिजन च्यानल दुरदर्शनमा रामानन्द सागरको धारावाहिक टेलिश्रृंखला रामायण पुन प्रसारण गरिएको छ । यस शोले विश्व रेकर्ड बनाउन सफल भएको छ ।

सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल दुरदर्शनमा प्रशारण भएको ‘रामायण ‘ टेलिश्रृंखलाले विश्व कीर्तिमान कायम गरेको हफ । तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो।

राष्ट्रिय च्यानलको आधिकारिक ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीटका अनुसार रामायणको पुन प्रसारणले विश्वभरमा धेरै दर्शकले हेर्ने शोको रेकर्ड राख्न सफल भएको हो ।

भारतमा लकडाउनको कारण कुनैपनि टेलिभिजन सिरियल प्रशारण हुन सकेको छैन किनभने सबैको छायांकन रोकिएको छ ।

यो भारतको मात्र हैन, पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो।

रामायणले १६ अप्रिलमा ७.७ करोड दर्शकले विश्भर हेर्दै सर्वाधिक हेरिएको शो बनेको हो । रामायणमा मुख्य भूमिकामा देखिएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरी पुन चर्चामा आएका छन् ।

निर्देशक रामानन्द सागरले बनाएको रामायणले कीर्तिमान रचेको यो पहिलो पटक भने होइन। यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ०५ बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी