कोरोना त्रासका बीच मस्जित खोल्ने इरानको तयारी « Khabarhub

कोरोना त्रासका बीच मस्जित खोल्ने इरानको तयारी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको छ ।

राष्ट्रपति हसन रौहानीले एक सम्बोधन मार्फत मस्जितलाई खुल्ला गर्ने बताएका हुन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्ये एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।

स्वास्थ्यमन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणको बढी जोखिम रहेका र कम जोखिम रहेका, सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु धेरै भएका स्थानलाई सेतो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेको र स्थान अनुसार बन्दाबन्दीलाई केही खुकुलो पार्ने तयारी गरेको रैहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताएका छन् ।

शुक्रबारको प्रार्थनालाई केही मस्जिदमा पुनः सञ्चालन गरिनेछ । तर सबै कदम स्वास्थ्य अधिकारीले निर्धारण गरेको नियमको पालना र सम्मान गर्ने शर्तमा मात्रै लिइने छ ।

राष्ट्रपतिले देशका कतिपयस्थानमा लकडाउनलाई खुकुलो पार्ने बताउँदै भने,“सङ्क्रमण नियन्त्रणमा आउँदासम्म मस्जिदमा सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गर्नुपर्नेछ ।”

इरानमा ९७ हजार ४२४ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् भने छ हजार १५६ जनाको आइतबारसम्म निधन भईसकेको छ । इरानको कोम सहरमा सबैभन्दा पहिले फेब्रुअरी १९ मा सङ्क्रमित भेटिएको थियो । इरान सरकारले आगामी अप्रिल ११ देखि औद्योगिक तथा व्यवसायिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : २३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच