अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगे दिवेश « Khabarhub

अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगे दिवेश


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । २१ वर्षीय दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलमा सहभागिता जनाएका छन् ।

आर्थर गनका नामले चिनिएका दिवेशले आफू उत्कृष्ट १० मा परेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । साथै उनले भोट गर्नका लागि अनुरोध समेत गरेका छन् ।

‘हामी शीर्ष १० मा पुग्यौं, शुरुदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद, विश्वभरिबाट पाएको यो विशाल समर्थनको म कदर गर्छु,’ उनले ट्वीट गरेका छन्, ‘यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्, धन्यवाद ।’

५ वर्षअघि अमेरिका गएका दिवेशले नेपाली गीतमा समेत स्वर दिएका छन् । अमेरिकन आइडलमा सहभागिता जनाएपछि भने उनको चर्चा चुलिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ३२ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ