अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगे दिवेश « Khabarhub

अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगे दिवेश


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । २१ वर्षीय दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलमा सहभागिता जनाएका छन् ।

आर्थर गनका नामले चिनिएका दिवेशले आफू उत्कृष्ट १० मा परेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । साथै उनले भोट गर्नका लागि अनुरोध समेत गरेका छन् ।

‘हामी शीर्ष १० मा पुग्यौं, शुरुदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद, विश्वभरिबाट पाएको यो विशाल समर्थनको म कदर गर्छु,’ उनले ट्वीट गरेका छन्, ‘यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्, धन्यवाद ।’

५ वर्षअघि अमेरिका गएका दिवेशले नेपाली गीतमा समेत स्वर दिएका छन् । अमेरिकन आइडलमा सहभागिता जनाएपछि भने उनको चर्चा चुलिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ३२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा