पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु « Khabarhub

पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभा र धनकुटा गरी पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ३२ बर्षीया चन्द्र कुमारी राई पानीमा डुबेका अवस्थामा मृत फेला परेकी थिइन् ।

सभापोखरी गाउँपालिका–१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाइड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा राईको शव फेला परेको थियो ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ०८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय