वेब सिरिज बनाउने योजनामा दीपकराज गिरी « Khabarhub

वेब सिरिज बनाउने योजनामा दीपकराज गिरी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ ले वर्षभरि नै चर्चा कमायो । फिल्मले व्यावसायिक सफलता पनि हात पार्‍यो ।

गतवर्ष नै गिरीले यो वर्षको दशैंमा ‘छक्का पञ्जा ४’ फिल्म रिलिजको घोषणा गरेका थिए । फिल्मको स्किृप्ट जेठसम्म फाइनल गर्ने उनको योजना थियो । तर, लकडाउनले उनको योजना चौपट पारिदियो । लकडाउनका कारण फिल्मको काम गर्न नपाएपछि गिरीले वेब सिरिज बनाउने सोच बनाएका छन् ।

स्रोतका अनुसार कोरोना भाइरसका कारणले यो वर्ष ‘छक्का पञ्जा ४’ रिलिज नै हुने छैन । यदि केही फिल्म चले पनि गिरी यो वर्ष फिल्म रिलिज नगर्ने मुडमा छन् ।

यो समयमा उनी खासै सिर्जनशील काममा लाग्न सकेका छैनन् । यद्यपि अब छिट्टै नै कोरोनाको यो कहर कम हुनेमा आशावादी छन् ।

विश्वभर वेब सिरिजले पनि राम्रो व्यापार गर्न थालेको र दर्शक पनि आकर्षित भएको भन्दै उनले अब सिरिज बनाउने सोच बनाएका हुन् ।

कमेडी फिल्ममार्फत दर्शकको मन जितेका गिरीको टिमले वेब सिरिज बनाए भने कस्तो फिल्म बनाउलान् भन्नेमा धेरैले चासो राखेका छन् । लकडाउन लम्बिँदै गयो र माहोल यस्तै रह्यो भने गिरीले वेब सिरिजको काम थाल्ने स्रोत बताउँछ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०१ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित