अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान « Khabarhub

अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोना भाइरस विरुद्धको खोप पहिचान गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास चाँडै गरिने तयारी भएको सीएनएनले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने दाबी गरेका छन् ।

अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्त्यसम्मका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने बताएका हुन् ।

‘मलाई पूर्ण विश्वास छ कि यस वर्षको अन्त्यसम्ममा हामीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाइसक्नेछौं,’ ट्रम्पले अन्तर्वार्तामा भनेका छन् । साथै ट्रम्पले यस विद्यालयहरु सेप्टेम्बर महिनामा खोल्ने संकेत पनि गरेका छन् । अलि पाका उमेरका शिक्षकहरुमा संक्रमणको सम्भावना बढी रहेको पनि विद्यालय बन्द गरिरहन उपयुक्त नहुने उनले बताए ।

साथै ट्रम्पले ‘हाइड्रोक्सिक्लोरोक्विन’ नामक औषधि बनाउने कम्पनीमा आफ्नो कुनै लगानी रहेको स्पष्टीकरण दिँदै यसको प्रयोगबाट असर नगर्ने बताएका छन् ।

‘यसको प्रयोगबाट कसैलाई हानी भएको छैन । यसबाट कमसेकम मानिसको मृत्यु त भएको छैन,’ ट्रम्पले भने । तर चिकित्सकहरुले भने कोरोना भाइरस संक्रमितको उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ लाभदायक भएको कुनै प्रमाण नभएको दाबी गरेका छन् । बरु अमेरिकी चिकित्सकहरुले ‘रेम्डेसिभियर’ नामक औषधि भने प्रभावकारी भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : १४ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत