राजधानी क्यानवेरा कोरोना मुक्त, साउथ अस्ट्रेलियामा १० दिनदेखि संक्रमित शून्य « Khabarhub

राजधानी क्यानवेरा कोरोना मुक्त, साउथ अस्ट्रेलियामा १० दिनदेखि संक्रमित शून्य


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया कोरोना महामारीका कारण विश्वमा ३५ लाख ६८ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ४८ हजार ३ सयले ज्यान गुमाइसकेका छन् ।

कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । करिब १२ लाख मानिसमा संक्रमण देखिएको छ भने ६८ हजार ६ सय जनाले ज्यान गुमाएका छन् ।

विश्वका अधिकांश देशले कोरोना संक्रमण फैलन नदिनका लागि विभिन्न उपायहरु अपनाइरहेका छन् । लकडाउनदेखि पहिचानका लागि व्यापक परीक्षणसमेतलाई बढावा दिएका छन् ।

यसैबीच कोरोनाविरुद्धको लडाईमा अस्ट्रेलिया भने बलियो साबित भएको छ ।

सोमबार मध्याह्नसम्ममा ६ हजार ८ सय २२ जनामा अस्ट्रेलियामा संक्रमण देखिएको छ । जसमध्ये ५ हजार ७ सय ८९ जना निको भईसकेका छन् । जम्मा ९५ जनाको ज्यान गएको छ । हाल २८ जना आईसियुमा र ७९ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

६ लाख ११ हजारको परीक्षण गर्दा १.१ प्रतिशतमा मात्रै कोरोना देखिएको अस्ट्रेलिया सञ्चारमाधमहरुले उल्लेख गरेका छन् । अस्ट्रेलियाको राजधानी क्यानवेरा कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको फक्स न्यूजले जनाएको छ ।

त्यस्तै साउथ अस्ट्रेलिया राज्यमा १० दिन देखि कोरोना संक्रमण शून्य छ । शनिवार साउथ अस्ट्रेलियाले जारी गरेको विज्ञप्ति अनुसार राज्यका ९८ प्रतिशत संक्रमित निको भईसकेका छन् ।

साउथ अस्ट्रेलियामा ४ सय ३८ जनालाई कोरोना लागेको थियो । हाल ७ जना मात्र निको हुन बाकी छ । ती मध्ये ३ जना मात्रै अस्पतालमा उपचार गराईरहेका छन्, उनीहरुको पनि अवस्था सामान्य छ ।

साउथ अस्ट्रेलियाका स्वास्थ्य उपप्रमुख माईकल कुसेकले जारी प्रतिबन्ध लापरवाही गरिए कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सबैलाई सचेत गराएका छन् ।अन्य प्रतिबन्धहरु खुकुलो गरिएपनि सामाजिक दूरी भने सबैले कायम गर्न भनिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ०८ बजे

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको