महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा निवेदन « Khabarhub

महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा निवेदन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले सोमबार राष्ट्रिय मावन अधिकार आयोगको हरिहर भवनस्थित कार्यालय पुगेर आफूहरुले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् ।

केही दिन अगाडि साबिक समाजवादी पार्टीका सांसद डा यादवलेसांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले आफ्नो अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएर बन्धक बनाएको आरोप लगाउँदै मानव अधिकार आयोगमा निवेदन दिएका थिए ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध प्रहरी तथा सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धकको जोहरी नलिए पछि पूर्व राज्यमन्त्री समेत रहेका डा यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।

डा यादवले आफ्नो मानव अधिकार संरक्षणको माग गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालमाथि छानबिन गर्न माग गरेका थिए ।

आफूहरुविरुद्ध उजुरी परेपछि सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनाल पनि सोमबार आयोग पुगेका हुन् ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले महोत्तरीमा रहेका सांसद डा यादवलाई वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याइ पुर्‍याएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : १६ बजे

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता