काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
खुला तर्फका दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा पौडेलले १ हजार ३८१ मत प्राप्त गरेका छन्। उदयशमशेर राणाले ७८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् ।
खुला तर्फका दुई महामन्त्री पदमा अन्तिम निर्वाचित हुने उम्मेदवारको पुष्टि निर्वाचन समितिको आधिकारिक नतिजाबाट हुनेछ ।














प्रतिक्रिया