कटुवा पेस्तोलसहित कैलालीको धनगढीबाट ३ जना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित कैलालीको धनगढीबाट ३ जना पक्राउ


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट पेस्तोलसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी)को टोलीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १२ घर भएका ३१ वर्षीय अविनाश थापा, २० वर्षीय नब्बु भनिने नवराज बराइली र बिनोद कुँवर छन् ।

आरआईटीका प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका ७ देवरिया वन क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली १ राउण्ड बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ४४ बजे

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको