कटुवा पेस्तोलसहित कैलालीको धनगढीबाट ३ जना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित कैलालीको धनगढीबाट ३ जना पक्राउ


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट पेस्तोलसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी)को टोलीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १२ घर भएका ३१ वर्षीय अविनाश थापा, २० वर्षीय नब्बु भनिने नवराज बराइली र बिनोद कुँवर छन् ।

आरआईटीका प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका ७ देवरिया वन क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली १ राउण्ड बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ४४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय