आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल « Khabarhub

आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल शुरु गरेका हुन् ।

मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका थिए ।

सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिएका थिए । मङ्गलबार बागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : २७ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत