कोरोना भाइरसको संक्रमणबाट बच्न यसरी गर्नुहोस् फर्निचरको सफाई « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न यसरी गर्नुहोस् फर्निचरको सफाई


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य विज्ञका अनुसार कोरोना भाइरस धातुको सतहमा पाँच दिन र काठको सतहमा चार दिनसम्म जीवित रहनसक्छ ।

यस्तोमा विज्ञहरु कोरोनाको संक्रमण नफैलियोस् भन्नका लागी ती सतहको नियमित सफाइ हुन आवश्यक छ । खासमा किटाणुनासकले सतह अर्थात शौचालय, धारा, ट्युबेल, सोफा र अन्य सामग्रीको सतहलाई सहजै सफा गर्न सकिन्छ ।

आज हामी यस लेख मार्फत फर्नीचरको सरसफाईको सहि तरीकाका बारेमा जानकारी दिदैछौ ।

किन आवश्यक छ, फर्निचरलाई डिसइन्फेक्ट गर्न ?
घरको फर्निचरमा दिनभरमा कति मानिसको उठबस हुन्छ । कति धेरै मानिसले त्यसलाई छुने गर्दछन् । यस्तोमा फर्निचरमा प्रसारित हुने क्षमताको कोरोना भाइरसको खतरा बढेर जान्छ । त्यसैले घरको फर्निचरलाई निर्मलीकरण गर्न अत्यन्त आवश्यक हुन्छ ।

कसरी डिसइन्फेक्ट गर्ने फर्निचर ?
सर्वप्रथम भ्याकुम क्लिनरको मद्दतले फर्निचरको मुनिको भागलाई सफा गर्नु पर्दछ । त्यसपछि क्रमशः माथिल्लो सतहतर्फ बढ्नुपर्छ । यस क्रममा हातमा पञ्जा र मुखमा मास्क अनिवार्य हुन्छ ।

अब पुर्णरुपमा धुलो सफा भएको फर्निचरको हरेक सतहमा किटनासक स्प्रेको प्रयोग गर्न सकिन्छ । यदि स्प्रे नभएमा पानीमा ६०–९० प्रतिशत रबिंग आइसोप्रोपिल अल्कोहललाई दुई–एकको अनुपातमा मिलाएर किटनासक तयार पार्न सकिन्छ । यसलाई अझ प्रभावी बनाउन ब्लिचिग पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

अब यी स्प्रेले तबसम्म फर्निचरको सतहमा स्प्रे गर्नुहोस् जबसम्म त्यहा तुवाँलो वा हुस्सु जस्तो देखिदैन । तर यसरी स्प्रे गर्दा ६ देखि ८ इञ्चको दुरीमा रहेर गर्नुहोला । यदि उक्त स्प्रे उब्रिएमा नफ्याक्नुहोला । यसले फर्निचरका अलावा धातुका सतह जस्तै ताला, चाबी, ढोकाका ह्याण्डिलमा प्रयोग गर्न सकिन्छ । वा अन्य कुनै सतह पुछ्न पनि सकिन्छ ।

अब स्प्रे पछि फर्निचरलाई सुख्खा नरम कपडाले हल्का दबाबमा पुछ्नुहोला । सोफाका कुसन, गद्दा, लगायतका अन्य कपडाका सामाग्रीलाई केहिबेर घाममा राख्नुहोला । यदि गद्दा निकाल्न नमिल्ने छ भने सुख्खा कपडाले तिनलाई ढाकेर राख्नुहोस् ।

डिसइन्फेक्टेट गर्दा पिपिई लगाउन आवश्यक हुन्छ । साथै अनिवार्य रुपमा झ्याल, भेन्टिलेसन खोल्नुहोला । काम सकिएपछि २० सेकेण्डसम्म साबुन पानिले मजाले हात धुनुहोस् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर