कोरोनाबाट बच्न गर्भवतीले के के गर्ने ? | Khabarhub Khabarhub

कोरोनाबाट बच्न गर्भवतीले के के गर्ने ?


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ ।

यस महामारीको प्रकोपका कारण अहिलेसम्म ३ लाख ८७ हजार बढी मानिसको मृत्यु भएको छ भने ६५ लाख ६८ हजार बढी संक्रमित छन् ।

यस अवस्थामा गर्भवतलागीपनि कोरोना भाइरसको खतरा हुने गरेको छ । नेपालमा केहि गर्भवतीमा पनि कोरोनाको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले समेत अन्य ब्यक्तिको तुलनामा गर्भवतीले अलि बढि ख्याल गर्नुपर्ने जनाएको छ ।

डब्ल्लुएचओका अनुसार, गर्भवतीले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र हैन गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन्छ । त्यसकारण गर्भवतीले कोरोनाको संक्रमणबाट बच्न विशेष ध्यानदिनुपर्ने हुन्छ ।

जसकालागी अपनाउनुपर्ने उपाय यस्ता छन् :

१. न्युनतम २० सेकेण्डसम्म साबुनपानीले हातधुने
२. बेलाबेलामा स्यानिटाइजरले हातधुने
३. आँखा, नाक, तथामुखमा धेरै नछोइरहने
४. परिवारको मानिसको आसपास तर एक्लै बस्नै
५. खोक्दा वा हाच्छ्यु गर्दा रुमालको प्रयोग गर्ने ।

गर्भवतीलाई सल्लाहदिँदै डब्ल्युएचओले उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा श्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने बताएको छ ।

कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्ता ‘सेल्फ आइसोलेसन’मा बस्न संगठनले सुझाव दिएको छ । यस अवधीमा चिकित्सकको परामर्शमा मात्र मास्कको प्रयोग गर्नुहोला ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ३६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३