दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात « Khabarhub

दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलख – दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ को क्‍वारेन्टाइनमा बसेकाहरुले अधिकृत हीरासिंह थापामाथि बुधबार आक्रमण गरेका हुन् ।

आक्रमणबाट थापाको छाती र टाउकोमा चोट लागेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए ।  आक्रमणमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही दिनअघि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका उनीहरूको बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए ।

घर पठाउने तयारी गरिरहेका बेला क्‍वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको  भन्दै ४६ जनाको समूहले असन्तुष्टि जनाएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ०४ बजे

जब सभामुखलाई दङ्ग्याएर झोंक्किँदै संसद्‍बाट हिँडिन् आशिका

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा एउटा विचित्र दृश्य देखियो।

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छ : मन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय

मनसुनका कारण विभिन्न सडक प्रभावित

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उनको अन्त्येष्टिअघि मङ्गलबार बेइजिङका

प्रस्तावित सवारी ऐन संशोधन गर्न यातायात मजदुर संगठनको माग

बुटवल- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात