दक्षिण कोरियामा पनि कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग « Khabarhub

दक्षिण कोरियामा पनि कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियामा पनि इबोलाको औषधि रेम्डेसिभिरलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिइएको छ ।

दक्षिण कोरियामा रेम्डेसिभरको प्रयोगपछि बिरामी चाडै निको भएपछि त्यहाँको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले उक्त औषधि प्रयोगमा अनुमति दिएको हो ।

मन्त्रालयले अनुमति दिएलगत्तै उक्त औषधि आयात गर्न सहज भएको छ। मन्त्रालयले उक्त औषधि आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ। तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन।

संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेम्डेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिएपछि जापानले पनि रेम्डेसिभिर प्रयोगलाई बैधता दिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : १७ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा खर्च : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना