उपत्यकाका तीनै प्रशासन कार्यालयको सिफारिस- लकडाउन खुकुलो बनाऔँ « Khabarhub

उपत्यकाका तीनै प्रशासन कार्यालयको सिफारिस- लकडाउन खुकुलो बनाऔँ

विद्यालय, सिनेमा हल, पार्टी प्यालेस भने बन्द गरिने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाका तीन प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाले लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ ।

आज बसेको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको हो ।

बैठकले सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउने निष्कर्ष निकालेको हो ।

आजदेखि उद्योगी/व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको बैठकले लकडाउन खुकुलो बनाउन सिफारिस गरेको हो ।

बैठकले विद्यालय/विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा/सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ । केही बेरमा तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइने ती अधिकारीले बताए ।

चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग/कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।

यसैबीच आजै ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्नेछ ।

यसअघि मंगलबार बसेको उच्चस्तरीय समिति बैठकमा उद्योग व्यवसायीले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न समितिलाई सुझाव दिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  २ : ३७ बजे

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री