नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २६ सय ३४ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी मोरङ सुन्दरहरैचाका २४ वर्षका पुरुष हुन् ।

यस्तै नारायणी अस्पताल वीरगञ्जमा गरीएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी पर्सा पोखरीयाकी १५ वर्षीया किशोरी हुन् ।

यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापाको भद्रपुरमा क्वारेन्टाइनमा रहेका ३ जना २६देखि ५६वर्ष उमेर समूहका पुरुषहरु छन् ।

यस्तै ताप्लेजुुङघर भएका हाल सुनसरीको क्वारेन्टाइनमा रहेका एकजना २५ वर्षका पुरुष, मोरङ घर भएका सुनसरी क्वारेन्टाइनमा रहेका ३० वर्षीया पुरुष, सप्तरीका १३ जना रहेका छन् । उनीहरु राजविराज, हनुमाननगर, कंकाली ,छिन्नमस्ताही र शम्भुनाथ क्वारेन्टाइनमा रहेका १७ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये ७ जना बारा आदर्श कटुवालका ३० वर्षीया एकजना महिला,१२ वर्षका बालक र ३० वर्ष मेर सम्मका पुरुषहरु छन् । यस्तै सिन्धुली कमलामाइका एकजना २३वर्षीय पुरुष र रौतहट गुजराका १८ वर्षका पुरुष पनि संक्रमित भएका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा १६जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये म्याग्दी मंगाला गाउँपालिकाका एकजना १९ वर्षीय पुरुष, बाग्लङु ऋषिखोला बडीगाडका १० जना रहेका छन् । उनीहरु ३३ वर्षकी एकजना महिला र १६देखि ३३ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

यस्तै पर्वतका ४ जना रहेका छन् । उनीहरु विहाती र फलेवास गाउँपालिकाका २१ देखि २८ वर्ष उमेर समुहका पुरुषहरु हुन् । यस्तै स्याङ्जा कालीगण्डकीका एकजना १८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रोदेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु डोटीका हुन् । उनीहरु ४५ वर्षकी एक महिला र २२ र २७ वर्षका दुुईजना पुरुष रहेका छन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्ष उमेर समुहका पुरुषहरु छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालमा १७ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै कपिलवस्तु कृष्णनगरका १७ देखि ५२ वर्ष उमेर समुहका पुरुषहरु हुन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङको राजपुर, बगलाचुरी बबही गाउँपालिका र घोराही उपमहानगरपालिकाका १५ जना रहेका छन् । उनीहरुमध्ये २३ वर्षकी एक महिला र १६ देखि ३६ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक सय ६जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये मुुगुुका एकजना २७ वर्षीय पुरुष र दैलेखका एक सय ५ जना छन् । उनीहरु मध्ये ५ वर्षकी बालिका सहित ३२ वर्ष सम्मका ५ जना महिला र ४ वर्षका बालक देखि ५५ वर्षसम्मका एक सय जना पुरुषहरु छन् ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापाका २ जना १७ र २५ वर्षका पुरुषहरु र खोटाङ हलेसीका ३ जना २१ देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै दैलेखका २ वर्षका बालक देखि ३६वर्ष सम्मका पुरुषहरु छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ९३ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये बाराका ५ जना ९ देखि ३२ वर्षका पुरुषहरु, धनुुषाका ३० वर्षीया महिला र ३३ देखि ३७ वर्ष सम्मका पुरुषहरु छन् ।

यस्तै कपिलवस्तुका विभिन्न विद्यालयमा क्वारेन्टाइनमा रहेका १२ जना छन् ।उनीहरु २६वर्षीया एकजना महिला र २१ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु छन् । यस्तै महोत्तरीका ३ जना रहेका छन् । उनीहरु १९ देखि ३६वर्ष उमेर समुहका छन् ।

यस्तै रौतहटका ६४ जना छन् । उनीहरु स्थानगजरा,गढीमाइ र दुुर्गाभगवतीका ६महिने बालिका सहित ३ जना महिला र८ वर्षका बालक सहित४५ वर्ष सम्मका ६१ जना पुरुष रहेका छन् । यस्तै सर्लाही श्री प्राविमा क्वारेन्टाइनमा रहेका ३ जना १९ देखि ४० वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

डा देवकोटाका अनुसार हालसम्म २९० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६५ जिल्लामा कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ४ : ३२ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा