कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवाका कर्मचारी हेरफेर « Khabarhub

कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवाका कर्मचारी हेरफेर


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको चुनौती थपिएको समयमा स्वास्थ्य सेवाका केही कर्मचारी सरुवा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समयमा आफ्नो मातहतका विभाग, माहाशाखा तथा केन्द्रीय अस्पतालका प्रमुखहरुको सरुवा गरेको हो ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय, विभाग तथा केही अस्पताल प्रमुखहरुको जम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । यस्तै विभागको महानिर्देशकमा स्वास्थ्य मन्त्रालयमा रहेका डाक्टर दिपेन्द्ररमण सिंहलाई पठाएको छ ।

यस्तै थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमलाई पनि स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । डा गौतमको ठाउँमा कोशी अस्पतालकी डाक्टर संगीता कौशल मिश्रालाई जिम्मेवारी दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत गरहेको व्यवस्थापन महाशाका निर्देशक डा भोगेन्द्र डोटेललाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ । उनको पदमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डाक्टर रमेश खरेललाई पठाएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि एकजुट भएर लाग्नुपर्ने समयमा कर्मचारी सरुवा गर्नु उपयुक्त नभएको मन्त्रालयका एक कर्मचारीले बताए ।

“देश कोरोनाको चपेटामा भएको समयमा यसरी कर्मचारी सरुवा गर्नु राम्रो कुरा होइन,” नाम नबताउने सर्तमा एक कर्मचारीले भने, अहिले संकटको समयमा कर्मचारी सरुवा गर्दा कर्मचारीमा अन्योलता सिर्जना हुन्छ । अहिले त हरेक मिनेट र सेकेन्डको महत्व छ, नयाँ ठाउँमा सरुवा हुँदा कर्मचारीले पहिला सम्बन्धित शाखा बुझ्नुपर्छ ।”

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री निटक एक कर्मचारीक अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक प्रति स्वास्थ्य सामाग्री खरिदको विषयलाई लिएर स्वास्थ्य मन्त्री असन्तुष्ट छन् ।

‘मन्त्रालयले बनाएको योजना कार्यान्वयन गर्ने विभाग, महाशाखाहरुले नै हो, अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण निकाय स्वास्थ्य सेवा विभाग नै हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘ सम्बन्धित विभाग र महाशाखा प्रमुखले राम्रोसँग काम गरेनन् भनेर मन्त्रीज्युले सरुवा गर्नुभयो ।’

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ६ : ४६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा