पठनपाठन सुचारु गर्ने विषयमा शिक्षा क्षेत्रका विज्ञसँग परामर्श (भिडियो सहित) « Khabarhub

पठनपाठन सुचारु गर्ने विषयमा शिक्षा क्षेत्रका विज्ञसँग परामर्श (भिडियो सहित)


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जारी लकडाउनका कारण बन्द विद्यालय कसरी सुचारु गर्ने भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग छलफल गरेको छ ।

उच्चस्तरीय समितिले विहीबार लकडाउनका बेला विद्यालय सञ्‍चालन र विद्यार्थीको पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा विज्ञहरूले लकडाउनमा अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन्।

उनीहरुले लकडाउनको अवस्थामा अनलाइन कक्षा (भर्चुअल क्लास) सञ्‍चालन लगायतका विकल्प खोज्न सुझाव दिएका छन् ।

जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, संचालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन मार्फत कक्षा संचालनको विकल्प खोज्न उनीहरूले सुझाव दिएका हुन् ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुअल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविस्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भर्चुअल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरूबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताए ।

पठनपाठन सुचारु गर्नेबारे विज्ञहरुले के कस्ता सुझाव दिए ?  हेरौं भिडियो

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : ३३ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको