कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो सहित) « Khabarhub

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो सहित)


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न मन्त्रालयलाइ निर्देशन दिएको हो ।

केही दिन पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए ।

कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारविना नै तरकारी नष्ट गरेकोमा व्यापक आलोचना समेत भएको थियो । संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

हेरौं भिडियो

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना