विदेशबाट ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने « Khabarhub

विदेशबाट ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा सरकारले विदेशबाट उद्दार गरी ल्याउने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।

टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउन लागेको हो । यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ ।

यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास पनि टेलिकमले लिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : २१ बजे

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा