तरकारी पुरेको पाइए कारबाही गर्न गृहमन्त्रालयको निर्देशन « Khabarhub

तरकारी पुरेको पाइए कारबाही गर्न गृहमन्त्रालयको निर्देशन


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को बहानामा तरकारी पुरेको पाइएमा कडा कारबाही गर्न गृहमन्त्रालये निर्देशन दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले तरकारी, फलफूल, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु कोरोनाको बहानामा पुरेको वा नष्ट गरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको हो।

‘केही दिनअघिदेखि देशका विभिन्न स्थानमा स्थानीय प्रशासन समेतबाट अतिआवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारी साधनहरुको आवागमनमा बाधा पुर्‍याउने तथा एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरु खाल्डो खनेर पुर्नेजस्ता कार्यहरु भएको भन्ने समाचारहरुप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ५७ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– हरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले