पर्सामा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित एक जना पक्राउ « Khabarhub

पर्सामा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित एक जना पक्राउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्सा- सशस्त्र प्रहरीले स्रोत नखुलेकाे २२ लाख ४८ हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

पर्साको बाहुदरमाई नगरपालिका ५ भौराटार निवासी २० वर्षीय प्रकाश शाहलाई २२ लाख ४८ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हाे ।

उनकाे साथबाट हजार, पाँच सय, सय र पचासका नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्साको पश्चिमी दक्षिणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा पैसा लिएर आउँदै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका उपरीक्षक दीपेन्द्र कुँवरले बताए ।

सशस्त्र प्रहरीका निरीक्षक हरी पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले शाहलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : १५ बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई