६ वर्षको उमेरमा ‘सिक्स प्याक’ ! « Khabarhub

६ वर्षको उमेरमा ‘सिक्स प्याक’ !


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिस आफुलाई फिट राख्न अनेकन उपाय अपनाइ रहेका हुन्छन् । विशेषत युवा वर्ग फिटनेश प्रति बढि आर्कषित छ ।

वृद्ध उमेरका मानिस पनि अवस्था अनुसार रोग नलागोस् भनेर बिहानबेलुका हल्का शारीरिक ब्यायाम गर्दछन् । तर साना नानीहरुमा भने फिटनेशको कुनै चाह हुदैन ।

अभिभावक समेत आफ्ना बच्चाहरु हृष्टपुष्ट हुन् भन्ने तर्फ नै हुन्छन् । तर ईरानका एक ६ बर्षका बालकमा भने फिटनेसको भुत यतिसम्म चढेको छ कि केवल ६ बर्षको उमेरमा उनले सिक्स प्याक बनाएका छन् ।

६ बर्षकै उमेरमा सिक्स प्याक बनाएका यी बालकको चर्चा विश्वभर छ । इरानका यी बालकको नाम हो, आरत होसैनी ।

ईरानको बाबोल शहरका निवासी आरत सामाजिक सञ्जालमा स्टार बनेका छन् । उनको चर्चा कति छ भन्ने कुरा उनको सामाजिक सञ्जालका फ्यानको संख्याबाट पत्ता लाउन सकिन्छ ।

आरत होसैनी

इन्स्टाग्राममा उनको ४२ लाख भन्दा बढि फलोअर्स छन् । यति मात्र होइन उनको एक पोष्टमा लाखौ लाइक आउने गर्दछ ।

आरतको जन्म इग्लैण्डमा सन् २०१३ सेटेक्बर ३० मा भएको थियो । उनी लिभरपुल एकेडमीमा स्पोर्ट्स ट्रेनिग लिइरहेका छन् ।

९ महिनाको उमेरमा नै जिमनास्टिक थालेका आरतले दुई बर्षको उमेरसम्म आइपुग्दा नै अन्र्तराष्ट्रिय चर्चा कमाइसकेका थिए । आरतको चर्चा र उपलब्धिको श्रेय उनका पिता मोहम्मदलाई जान्छ ।

यी बालकमा सिक्स प्याक एब्सका अलावा फुटबल खेलप्रति आर्कषण छ । उनी ठुलो भएर बार्सिलोना साकर क्लबका लागी खेल्न चाहन्छन् । उनको मनपर्ने फुटबल खेलाडी लियोनल मेस्सी हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ४७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको