जेफ बेजोस बने विश्वकै धनी, बनाए नयाँ रेकर्ड « Khabarhub

जेफ बेजोस बने विश्वकै धनी, बनाए नयाँ रेकर्ड


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अनलाइन स्टोर अमेजनका संस्थापक जेफ बेजोस यसअघिका सबै रेकर्ड तोड्दै हालसम्मकै धनी व्यक्तिको रुपमा स्थापित भएका छन् ।

कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा ठूलो असर परिरहेको छ । तर, यस्तो अवस्थामा पनि बेजोसको सम्पत्तिमा भने कुनै असर परको छैन । उल्टै उनको सम्पत्ति हरेक साता थपिने क्रममा छ ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना हुँदा ई–कमर्स कम्पनीहरु फस्टाएका छन् ।

जसको प्रतिफल बेजोसको सम्पत्ति लगातारय वृद्धि हुँदै गएको हो । ब्लुमवर्गले जारी गरेको नयाँ सूचांकअनुसार बेजोसको सम्पत्ति झन्डै १७२ अर्ब डलर पुगेको छ । जुन उनको अहिलेसम्मकै उच्च रेकर्ड हो ।

उनले यसअघिको आफ्नै रेकर्ड तोडेका हुन् । गत वर्ष उनले आफ्नी श्रीमती म्याकेन्जीसँग डिभोर्स गरेका थिए ।

डिभोर्स गर्दा उनको सम्पत्ति घटेको थियो । डिभोर्स भएको एक वर्षपछि उनले डिभोर्स हुनुअघिको आफ्नो सम्पत्तिको रेकर्ड यहि साता तोडेको हुन् ।

उनी डिभोर्स हुनु अघि भन्दा उनी अझै धनी भएका छन् । ब्लुमवर्गका अनुसार अमेजनमा बेजोसको करिब १२ प्रतिशत सेयर रहेको छ ।

अमेजनको शेयर मूल्य बढ्दा बेजोसकी डिभोर्सी श्रीमति म्याकेन्जीको सम्पत्ति पनि उच्च भएको छ । म्याकेन्जी सम्पत्ति बढेर ५७ अर्ब डलर पुगेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ४९ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर