जेफ बेजोस बने विश्वकै धनी, बनाए नयाँ रेकर्ड | Khabarhub Khabarhub

जेफ बेजोस बने विश्वकै धनी, बनाए नयाँ रेकर्ड


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अनलाइन स्टोर अमेजनका संस्थापक जेफ बेजोस यसअघिका सबै रेकर्ड तोड्दै हालसम्मकै धनी व्यक्तिको रुपमा स्थापित भएका छन् ।

कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा ठूलो असर परिरहेको छ । तर, यस्तो अवस्थामा पनि बेजोसको सम्पत्तिमा भने कुनै असर परको छैन । उल्टै उनको सम्पत्ति हरेक साता थपिने क्रममा छ ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना हुँदा ई–कमर्स कम्पनीहरु फस्टाएका छन् ।

जसको प्रतिफल बेजोसको सम्पत्ति लगातारय वृद्धि हुँदै गएको हो । ब्लुमवर्गले जारी गरेको नयाँ सूचांकअनुसार बेजोसको सम्पत्ति झन्डै १७२ अर्ब डलर पुगेको छ । जुन उनको अहिलेसम्मकै उच्च रेकर्ड हो ।

उनले यसअघिको आफ्नै रेकर्ड तोडेका हुन् । गत वर्ष उनले आफ्नी श्रीमती म्याकेन्जीसँग डिभोर्स गरेका थिए ।

डिभोर्स गर्दा उनको सम्पत्ति घटेको थियो । डिभोर्स भएको एक वर्षपछि उनले डिभोर्स हुनुअघिको आफ्नो सम्पत्तिको रेकर्ड यहि साता तोडेको हुन् ।

उनी डिभोर्स हुनु अघि भन्दा उनी अझै धनी भएका छन् । ब्लुमवर्गका अनुसार अमेजनमा बेजोसको करिब १२ प्रतिशत सेयर रहेको छ ।

अमेजनको शेयर मूल्य बढ्दा बेजोसकी डिभोर्सी श्रीमति म्याकेन्जीको सम्पत्ति पनि उच्च भएको छ । म्याकेन्जी सम्पत्ति बढेर ५७ अर्ब डलर पुगेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ४९ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु