टाटा मोटर्सले ल्यायो सरकारले तोकेको मापदण्ड अनुसारको नयाँ विंगर एम्बुलेन्स « Khabarhub

टाटा मोटर्सले ल्यायो सरकारले तोकेको मापदण्ड अनुसारको नयाँ विंगर एम्बुलेन्स


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यसको बिक्री वितरण गर्दछ ।

टाटा विंगर एम्बुलेन्स, यस्तो पहिलो एम्बुलेन्स हो जुन पूर्ण रूपमा एआइएस १२५ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको छ र यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ: क्याटगोरी – सी (कमन लाइफ सपोर्ट), क्याटगोरी – बी (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट) तथा दुई एसी र स्ट्रेचर–कम– बेडसहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ ।

त्यसबाहेक इसीजी मनिटर र अक्सिजन मनिटर, सीपीआर बोर्ड,क्याथेटेराइजेसन सेट लगायत सुविधाहरू रहेको छ ।

३ वर्ष वा ३ लाख किलोमिटर (जुन पहिला हुन्छ त्यही)को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो रहेको कम्पनीको दावी छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ०२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण