पूर्बमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं | Khabarhub Khabarhub

पूर्बमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्बमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीको इस्माको मल्दीमा पहिरोमा घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पहिरोमा घाइते भएका इस्मा –१ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मीका सांसदसमेत रहेका विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौँ ल्याएका हुन्।

सांसद विष्टले पहिरो प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका छन् । उनले पहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरे ।

बिहीबार मध्यराति बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा– १ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया अपेक्षा खत्रीको मृत्यु भएको थियो ।

उक्त पहिरोपछि त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : २२ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय