पूर्बमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं « Khabarhub

पूर्बमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्बमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीको इस्माको मल्दीमा पहिरोमा घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पहिरोमा घाइते भएका इस्मा –१ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मीका सांसदसमेत रहेका विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौँ ल्याएका हुन्।

सांसद विष्टले पहिरो प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका छन् । उनले पहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरे ।

बिहीबार मध्यराति बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा– १ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया अपेक्षा खत्रीको मृत्यु भएको थियो ।

उक्त पहिरोपछि त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : २२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र