मलाइकासँगको डिभोर्सको कारण यसरी खुलाए अरबाज खानले « Khabarhub

मलाइकासँगको डिभोर्सको कारण यसरी खुलाए अरबाज खानले


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको महामारी रहेको बेला बलिउडमा भने पुराना फोटो, भिडियो र प्रसंगले स्थान पाएको छ ।

यसैबीच चर्चित निर्माता तथा कलाकार अरबाज खानको एक पुरानो अन्र्तवार्ताको भिडियो भाइरल भएको छ । जसमा उनले मलाइका अरोरालाई डिर्भाेस दिनुको कारण खुलासा गरेका छन् ।

अरबाज खानले पुरानो अन्तर्वार्तामा भने अनुसार उनले बिग्रदै गएको सम्बन्धलाई बचाउन निकै ने कोशिश गरे तर असफल रहे ।

उनले त्यसबेला सन्तानलाई डिर्भोसको फैसला सुनाउन निकै मुश्किल परेको थियो ।

अरबाजले भनेका छन्, त्यसबेला मेरो छोराको उमेर मात्र १२ बर्षको थियो । तसर्थ यो समय उसलाई डिर्भाेसबारे बुझाउन धेरै मेहनत गरिन ।

म हमेशा छोराको साथमा थिए । जब अदालतले मलाइकालाई छोरो राख्ने अधिकार दियो र मैले विरोध पनि गरिन ।

किनकी मलाई थाहा थियो छोराको उमेर सानो छ र यो समय उसलाई आमाको आवश्यकता छ । तसर्थ मैले सहर्ष डिभोर्स स्वीकारे ।

१९ बर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै सन् २०१७ मा अरबाज खान र मलाइका अरोराबीच डिभोर्स भएको थियो ।

डिभोर्समा मलाइकाले अरबाजसँग १० करोडको माग गरेकि थिइन् तर अरबाजले उनलाई १५ करोड दिए ।

हुनत अझै पनि मलाइका र अरबाजको कैयौं इभेन्टमा भेट हुन्छ । तर यी दुबैले आफ्नो जीन्दगी निकै अघि बढाइसकेका छन् ।

मलाइका आजकल बलिउड अभिनेता अर्जुन कपुरसँग डेटमा छिन् र यी दुबैको विवाहको हल्ला फैलिएको छ ।

यता अरबाज पनि इटालियन मोडल तथा अभिनेत्री जर्जिया एन्ड्रियानीसँग प्रेममा छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ३९ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती