डीभीमा छनौट भएका २६ सय नेपाली अमेरिका जान नपाउने « Khabarhub

डीभीमा छनौट भएका २६ सय नेपाली अमेरिका जान नपाउने


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् ।

अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ । योसँगै सन् २०२० को डीभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु पनि अमेरिका जान नपाउने भएका हुन् ।

उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले भिसा नपाउने निश्चित भएको छ ।

सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।

सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए ।

सन् २०२१ को डीभीका लागि छनौट भएकाहरुले पनि आउदो जनवरीअघि भिसा नपाउने भएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ३५ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर