काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस « Khabarhub

काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस

समुदायमा फैलिएको आशंका


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भएको पाइएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्सलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लागेको हो ।

मुख्य अनुसन्धानकर्ता डा. दिवेश कर्माचार्यले पछिल्लो १४ दिनभित्र ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको जनाकारी दिएका हुन ।

डा कर्माचार्यका अनुसार काठमाडौं उपत्यकाका एकसय घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानमा ढलको नमुना लिइएको थियो । त्यसमध्ये २ स्थानमा ढलको पानीमा कोरोना भाइरस भेटिएको हो ।

काठमाडौंमा ढलमा कोरोना भाइरस भएको पाइएपछि विज्ञहरुले काठमाडौं उपत्यकामा कोरोना भाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन् ।

एकदुई जना संक्रमित मात्रै भएको अवस्थामा दिसापिसाब बग्ने ढलको पानीमा कोरोना भाइरस नदेखिनुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दीक्षित बताउँछन् । डा दीक्षितका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएकाले नै ढलको पानीमा कोरोना भाइरस भेटिएको हो।

‘काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस भेटिएको छ । ढलमा आउने दिसापिसाब नै हो । एकजना संक्रमित भएर मात्र ढलमा भाइरस देखिदैन । यो अध्ययनले देखाएको सामुहिक रुपमा कुनै समाजमा कोरोना भाइरस छ भन्ने संकेत हो,’ डा दीक्षितले भने, ‘त्यसैले गर्दा समाजमा कोरोना भाइरस छैन भन्न मिल्दैन। हिजो आज मात्र होइन समाजमा केही समय अगाडी देखि कोरोना भाइरस छ भन्ने संकेत छ ।’

उक्त अध्ययनले काठमाडौंमा समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै सरकारले सबैलाई कोरोना परीक्षण गराउनुपर्ने डा दीक्षितको तर्क छ ।

‘यो अध्ययनले समुदायमा कोरोना हुनसक्छ, अब सबैजनाको परीक्षण गर्न जरुरी छ,’ डा दीक्षितले भने, ‘ आत्तिने होइन, समाजमा कोरोना संक्रमण छ, अब परीक्षणको दायरा बढाउनुपर्छ, यो आकस्किम रुपमा आएको होइन, विस्तारै आएको हो, राज्यले अब यसले पाउने उसले नपाउने भन्न भएन, परीक्षण गर्न चाहने सबैले कोरोना परीक्षण गर्न पाउनुपर्छ ।’

स्रोत नभेटिएका संक्रमितहरु भेटिँदै

इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले पनि काठमाडौं उपत्यकामा केही व्यक्तिहरुमा स्रोत पत्ता नलागेका संक्रमितहरु पनि भेटिएको बताउँछन् ।

‘काठमाडौंमा केही व्यक्तिहरु जो संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको छैन । तर उनीहरुमा कोरोना संक्रमण भएको पाइएको छ,’ डा पाण्डेले खबरहबसँग भने, ‘ उनीहरुमा कसरी कोरोना संक्रमण देखियो भनेर हेर्न हामीले संक्रमित देखिएको क्षेत्रमा पनि कोरोना परीक्षण गर्ने योजनामा छौं ।’

डा पाण्डेका अनुसार काठमाडौंमा संक्रमितको सम्पर्कमा नभएको तर संक्रमण पुष्टि भएकाहरु अन्य रोग लिएर अस्पताल पुग्ने बिरामीहरु छन् ।

‘काठमाडौंमा १२ जना जति संक्रमण सरेको स्रोत नभएको पाइएको छ, उनीहरु अन्य रोग लिएर वा प्रसुति गराउन अस्पताल पुग्दा शल्यक्रिया गर्नुपर्ने अवस्थामा कोरोना परीक्षण गर्दा पोजेटिभ भेटिएका केसहरु छन् । उनीहरु लक्षण देखिएर परीक्षण गर्न अस्पताल पुगेका संक्रमित पनि होइनन् ।’

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : १२ बजे

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा