बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो « Khabarhub

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ।

बझाङमा गएराति गएको पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको हो । एक जना अझै बेपत्ता रहेका छन् ।

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका हुन् ।

वडाध्यक्ष बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ।

त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो। २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता भएको वडाध्यक्ष बोहोराले जानकारी दिए।

शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए।

राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। पहिरोले गाइवस्तु समेत पुरिएका छन् ।

६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ३० बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली