पौडेलको प्रश्न : संकटमा सत्ताका लागि भाँडभैलो नै कम्युनिस्टको समाजवाद हो ? « Khabarhub

पौडेलको प्रश्न : संकटमा सत्ताका लागि भाँडभैलो नै कम्युनिस्टको समाजवाद हो ?


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा नेता पौडेलले विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने र समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको टिप्पणी गरेका हुन् ।

नेता पौडेलले कम्युनिस्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिस्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे।

उनले दुईतिहाई बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताएँदै परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने शंका उत्पन्न भएको बताए।

नेता पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको वैज्ञानिक समाजवाद हो भनि प्रश्नसमेत गरेका थिए।

विश्वका पुँजीवादी देशहरु र कम्युनिस्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ०८ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।