प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार « Khabarhub

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

समसामयिक विषयमा परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्।

शनिबार साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको एक मन्त्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद बैठक भनिएको छैन, तर छलफलका लागि भनेर बालुवाटार बोलाइएको छ’, उनले भने।

समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : २३ बजे

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत