स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित प्रहरी युक्ति तालीम महाविद्यालय सुनवल–११ जर्गाहाको नवनिर्मित मुख्य प्रवेशद्वारको आज उद्घाटन गर्दै ज्ञवालीले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका क्रममा नेपाल प्रहरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि दिनरात नभनी अग्रमोर्चामा खटिएको बताए ।

महाविद्यालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्रीले नगरको सुशासन, पूर्वाधार विकास र कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि महाविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताए ।

महाविद्यालयका प्राचार्य वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पूर्वाधारमा सहयोग गर्ने नगरपालिका तथा स्थानीयवासीमा धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ०८ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज