स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली « Khabarhub

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित प्रहरी युक्ति तालीम महाविद्यालय सुनवल–११ जर्गाहाको नवनिर्मित मुख्य प्रवेशद्वारको आज उद्घाटन गर्दै ज्ञवालीले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका क्रममा नेपाल प्रहरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि दिनरात नभनी अग्रमोर्चामा खटिएको बताए ।

महाविद्यालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्रीले नगरको सुशासन, पूर्वाधार विकास र कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि महाविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताए ।

महाविद्यालयका प्राचार्य वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पूर्वाधारमा सहयोग गर्ने नगरपालिका तथा स्थानीयवासीमा धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली